प्रदेश

एमाले महाधिवेशनमा आज चार समूहका नेताले प्रस्तुत गरे सुझाव, ६ समूहका नेताले भोलि ।



काठमाडौं, १६ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा चार समूहका टोली नेताले सुझाव प्रस्तुत गरेका छन् ।

१० समूहमध्ये चारले शनिबार सुझावहरु राखेको र बाँकी ६ समूहका नेताले भोलि आइतबार राख्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

महाधिवेशनमा पेश भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरुलाई समूहका नेताले प्रस्तुत गरेका हुन् ।

सचिव तामाङका अनुसार कर्णालीबाट गोरखबहादुर बोगटी, लुम्बिनीबाट लिला गिरी, सुदूरपश्चिमबाट कर्ण थापा र बागमतीबाट आनन्द पोखरेलले प्रदेशगत समूहको सुझाव प्रस्तुत गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल भएको थियो । समूहका टोली नेताले छलफलबाट आएको सुझावलाई प्रस्तुत गरेका हुन् ।

प्रकाशित : १६ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६