कपिलवस्तु १७ असोज । गरीबीलाई दशै खर्च जुटाउन सघाउने अभियानअन्तर्गत बिपन्न परिवारलाई निशुल्क रुपमा काठ बितरण गरिएको छ । मधुवन सामुदायिक वन उपभोक्ता समहुले एक कार्यक्रमका विच काठ वितरण गरेको छ । बाणगंगा वडा नं ८ स्थित मधुवन सामुदायिक वनले अतिव विपन्न परिवारका लागि गरिबी न्युनिकरण गर्नका लागि काठ वितरण गरेको हो ।
समितीका अध्यक्ष गोपाल खरेलको नेतृत्वमा वडा को ५ वटै टोलका अति विपन्न परिवारलाई काठ वितरण गरिएको हो । जसअनुसार १० परिवालाई घर निमार्णका लागि ,९ वटा कृषि फर्म निमार्णका लागि काठ वितरण गरिएको हो भने अति गरिब विपन्न परिवारलाई १० क्युफिटका दरले निशुल्क काठ वितरण गरेको स्थानीय तथा बन उपभोक्ता समितीका सदस्य शुशिल कुवंरले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया