जीवनशैली

कालिका स्वालम्बन सामाजिक केन्द्रको अध्यक्षमा पुनः अन्जु



कपिलवस्तु १७ असोज। कालिका स्वालम्बन सामाजिक केन्द्रका अध्यक्षमा पुनः अन्जु शर्मा निर्बिरोध अध्यक्षमा निर्वाचित भएकी छिन । सो संस्थाको तौलिहवमा भएको २७ औ साधारण सभा र १४  औ अधिबेशनमा शर्मा कै अध्यक्षमामा नौ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा चयन भएको निर्वाचन मण्डलका संयोजक चन्द्र बहादुर खडकाले बताए । 

सदस्यहरुमा सन्तराम अग्रहरी, अजय चौधरी, प्रेममोहन सिंह , प्रशान्त कार्की, रामेन्द्र सिंह रावल, मंदीप सिंह, बिमला महरा, लक्ष्मी कार्की श्रेष्ठ रहेका छन । दोश्रो कार्यकालकालागि निर्वाचित अध्यक्ष शर्माले आफुले संस्थालाई अझ सशक्त र अघि बढाउन लागी पर्ने बताईन । यस अघि साधारण सभा शर्मा कै अध्यक्षमा संपन्न भएको थियो । कार्यकारी निर्देशक अर्जुन थापाको संचालनमा भएको कार्यक्रममा महासचिव बिमला महराले प्रगति तथा कोषाध्यक्ष मंदीप श्रेष्ठले आर्थिक प्रगति प्रतिबेदन पेश गरेका थिए ।

 साधारण सभामा संस्थाको ३ वटा बुदाको बिधान समेत संशोधन गर्ने निर्णय गरिएको छ । कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष प्रबीण श्रीवास्तव, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य सस्थाका पुर्व अध्यक्ष राजेश प्रताप शाक्यले शुभकामना मन्तब्य दिएका थिए । पदाधिकारीहरुको चयन कार्य समितिको बैठकबाट गरिने अध्यक्ष शर्माले बताईन । 

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६