प्रदेश

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखराले काठमाण्डौलाई डकवर्थ लुइसु नियमका आधारमा हरायो ।



काठमाण्डौ, १८ असोज । एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टी–२० क्रिकेटमा पोखरा राइनोजले काठमाण्डौ किङ्ग्स इलाभेनलाई हराएको छ । पोखराले काठमाण्डौलाई डकवर्थ लुइसु (डीएल) नियमका आधारमा १४ रनले हराएको हो । काठमाण्डौले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको पोखराले १५ ओभरमा पाँच विकेट गुमाएर एक सय ४२ रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि डीएल नियमका आधारमा पोखरा विजयी भएको हो ।

पोखराका लागि सहन अराचिगेले ४३ रन बनाउँदा विवेक यादवले अविजित ४१ रन बनाए । बलिङतर्फ काठमाण्डौका जितेन्द्र मुखिया र गुलशन झाले समान दुई–दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले अमित श्रेष्ठको ५६ र रायन बर्लको ५० रन मद्दतमा आठ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो । बलिङतर्फ पोखराका विवेक यादवले तीन विकेट लिए ।

जितसँगै पोखरा राइनोज पाँच खेलमा सात अङ्कसहित दोस्रो स्थानमा छ । चार खेलमा दुई अङ्क जोडेको काठमाण्डौ भने पाँचौँ स्थानमा छ । 

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६