प्रदेश

रुपन्देहीमा आफूसंगै काम गर्ने सहकर्मीको खुकरी प्रहारबाट हत्या ।



रुपन्देही, १८ असोज । रुपन्देहीमा आफूसंगै काम गर्ने सहकर्मीको खुकरी प्रहारबाट एक जनाको हत्या भएको छ । खुकुरी लागेर अर्का एक जना घाईते भएका छन् । आफ्नै सहकर्मीले गरेको खुकुरी प्रहारबाट रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं. ३ बेतानीमा रहेको प्लाई उद्योगमा काम गर्ने नवलपरासी सुस्ता ३ का अवधेश चमारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही उद्योगमा काम गर्ने भारतीय नागरिक रवि सिंहले चमारलाई खुकुरी प्रहार गरेका थिए । आईतबार राती रबिले खुकुरी प्रहार गर्दा गम्भिर घाईते चमारको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताउनु भएको छ । उहाँका अनुसार मजदुरहरु बिच आपसमा विवाद भएपनि खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारबाट अवधेशका बुवा गोपिचन्द्र चमार समेत घाईते भएको प्रहरीले जनाएको छ । घाईते गोपिचन्द्रको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने भारतीय नागरिक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६