रुपन्देही १८ असोज । एसिड पीडित मुस्कानको मुस्कान फर्काउन उपचारार्थ एक मेयरको २ लाख सहयोग गरेकाछन् । एसिड पीडित मुस्कान खातुनको उपचारका लागि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । आइतबार आफनै कार्यकक्षमा बोलाएर सरावगीले मुस्कानलाई दुई लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । मुस्कानका अनुसार,एसिड प्रहारले घाँटी, पेट र छातीमा भएको घाउको तत्कालै शल्यक्रिया गर्नुपर्नेछ ।
त्यसका लागि ३ लाखभन्दा बढी खर्च लाग्ने भएको छ। तर, मुस्कानसँग त्यति रकम नभएको खबर पाएपछि नगर प्रमुख सरावगीले आइतबार उनलाई दुई लाख रुपैयाँ सहयोग गरेका हुन् । आफनो तलब भत्ताको रकम जम्मा गर्दै आएको मेयर कल्याणकारी कोषबाट तत्कालका लागि दुई लाख रुपैयाँ मुस्कानको उपचारका लागि सहयोग गरेको सरावगीले बताए । सरावगीले भने, एसिडले मुस्कानको कानको पनि सर्जरी गर्नुपर्ने छ, त्यसका लागि १२ लाख रुपैयाँ जति खर्च लाग्छ भन्ने सुनेको छु, त्यो रकम सहयोग गरि दिन मुख्यमन्त्री लालबाबु राउत जीसँग मैले आफै अनुरोध गरेको छु।
रावगीबाट दुई लाख रुपैयाँ सहयोग पाएपछि खुशी व्यक्त गर्दै मुस्कानले भनिन्, अप्रेशनका लागि पैसाको जोहो नहुँदा परिवार नै तनावमा थियो, मेयर साबले दुई लाख दिनुभयो, अब छिटटै म किर्तिपुरको बर्न हस्टिल जान्छु अप्रेसनका लागि। वीरगन्ज मनपा २ की १५ वर्षीया मुस्कानलाई २०७६ भदौ २० गते विद्यालय जाने क्रममा वीरगन्ज ४ गणेशमान चोकमा मजिद मिया र सम्साद मियाले उनको अनुहार र शरीरमा एसिड प्रहार गरेर घाइते बनाएका थिए। घाइते भएकी समयदेखि मुस्कानको काठमाडौंको कीर्तिपुरस्थित वर्न हस्पिटलमा उपचार हुँदै आएको छ।
प्रतिक्रिया