काठमाण्डौ, १८ असोज । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पाटीले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुनः ध्यानाकर्षण गराएका हुन् । विप्लवले विज्ञप्ति जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
आफ्नो पार्टी सहमती कार्यान्वयनका लागि प्रतिबद्ध रहेको भन्दै विप्लवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं ।’कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबितिकै आफूले तीन बुँदै सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको स्मरण गर्दै विप्लवले तीन महिनासम्म पनि कार्यकर्ता रिहा नहुनुले आशंका जन्माएको उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया