जीवनशैली

चोलेन्द्रले भिनाजुलाई मन्त्री बनाउने प्रस्ताव राखेको खुलासा



काठमाडौं १८ असोज। मन्त्रालय भागवण्डामा भाग खोजेका प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको पाइएको छ ।

७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेका ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । तत्कालीन जनता समाजवादी पार्टी (जसपा) र हाल लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष र एमाले नेताहरु मन्त्री बनेका थिए ।एमाले उच्च स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले त्यसबेला भिनाजु केशवप्रसाद (केपी) उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

जबराले दुई राजदूत पनि मागेका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले जबराको प्रस्तावमा हुन्छ वा हुन्न केही भनेका थिएनन् । तर उप्रेती दौरा सुरुवाल लगाएरै बालुवाटार पुगेको चर्चा एमाले शीर्ष नेताहरुबीच भएको थियो ।

त्यो थाहा पाएपछि एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले ओलीसामू कुनै हालतमा प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाउन नहुने अडान लिएका थिए । एक नेता भन्छन्, ‘त्यसपछि (तत्कालीन) प्रधानमन्त्री ओलीले मैले कहाँ (मन्त्री बनाउन) गर्न खोजेको हो र ?भन्नुभयो सकियो ।’

भिनाजुलाई मन्त्री बनाउने र दुई राजदूत दिनुपर्ने प्रस्ताव स्वीकार नगरेकै झोँकमा प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद् विस्तारलाई खारेज गर्ने आदेश दिएको एमाले नेतृत्वको दाबी छ ।

संसद विघटनपछि ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट परेको थियो । यो रिटको प्रारम्भिक सुनुवाइ २५ जेठमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको थियो । खतिवडाको इजलासले कारण देखाउ आदेश दियो र अन्तरिम आदेशबारे छलफलका लागि दुबै पक्षलाई बोलाउन आदेश दियो ।

विपक्षीबाट लिखित जवाफ पेश भएपछि प्रधानन्यायाधीश जबराले ८ असारमा यो मुद्दाको पेशी आफू र न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा राखे । उक्त इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गर्ने आदेश दिएको थियो ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६