कपिलवस्तु,१९ असोज । कपिलवस्तुमा २४ प्रतिशतले कोरोना भाईरस विरुद्धको पूर्णखोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार जिल्लाका ३१ प्रतिशतले भने कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । कपिलवस्तु जिल्लामा हालसम्म चार लाख ४५ हजार नौ सय अपेक्षित जनसङ्ख्यामध्ये जम्मा २४ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङक छ ।
लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले मात्रै अहिले सम्म कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा जम्मा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । रुपन्देहीको कुल जनसंख्यामा २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको पाइएको छ ।
अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसङ्ख्या रहेका छन् । पूर्वी रुकुममा २० प्रतिशतले पूर्ण मात्रा र ५९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै रोल्पामा २४ प्रतिशतले पूर्ण मात्रा र ३४ प्रतिशतले पहिलो मात्रा, प्यूठानमा २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
उता पहाडी जिल्ला गुल्मीमा ३४ प्रतिशतले पूर्ण मात्रा र ३७ प्रतिशतले पहिलो मात्रा अर्घाखाँचीमा २९ प्रतिशतले पूर्ण मात्रा र ३६ प्रतिशतले पहिलो मात्रा खोप लगाएको तथ्याङ्कमा उल्लेख छ । पाल्पामा ३२ प्रतिशतले पूर्ण मात्रा र ४२ प्रतिशतले पहिलो मात्रा खोप लगाए भने पूर्वी नवलपरासीमा अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
यस्तै दाङमा अहिले सम्म जम्मा २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा बाँकेमा २६ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने बर्दियामा २५ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाउन पाएका छन् । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको तथ्याङक अनुसार अझै ठूलो संख्यामा नागरिकहरु कोरोना विरुद्धको खोपबाट बञ्चित छन् ।








प्रतिक्रिया