प्रदेश

सर्वाेच्च अदालतले माधवकुमार नेपाल र बाबुराम भट्टराईबिरुद्धको मुद्धामा फैसलाको मिति तोक्यो



काठमाडौं, असोज १८ । सर्वाेच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्य माधवकुमार नेपाल र बाबुराम भट्टराईबिरुद्धको मुद्धामा फैसलाको मिति तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश नहकुल सुवेदीको इजलाशले आज माधव बाबुरामबिरुद्धको मुद्धाको फैसला मिति तोकेको हो ।

बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते गर्ने सर्वाेच्चले जनाएको हो । प्रधानन्यायाधीश जबरा र न्यायाधीशसुवेदीको संयुक्त इजलासमा आज बहस सकिएपछि निर्णय सुनुवाइका लागि कात्तिक १५ को मिति तोकिएको हो । इजलासले बहस नोट मगाउने आदेशसमेत दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई उक्त प्रकरणमा मन्त्रिपरिषद्बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले मुद्दा दायर गर्नु नपर्ने निष्कर्ष निकालेको थियो । अख्तियारले तत्कालीन मन्त्रीहरु विजय गच्छदार,चन्द्रदेव जोशी लगायतविरुद्ध मात्र मुद्दा दायर गरेको थियो ।

मन्त्रिपरिषदले गरेको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने भन्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सो मुद्धाको फैसला कात्तिक १५ गते हुनेभएको हो ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६