अर्थ-वाणिज्य

सुविधायुक्त हिरासत उद्घाटन, कानुनमा टेक बिबेकले देख : नायव महानिरिक्षक



कपिलवस्तु १९ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा नव निर्मित २ भवनको एकैसाथ उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरिक्षक मुकुन्दराज आचार्यले  नव निर्मित हिरासत कक्ष तथा सिनियर प्रहरी अधिकृत निवासको रिबन काटेर उद्घाटन गर्नु भएको छ । सो अवसरमा उहाले प्रहरीले कुनै पनि कार्य गर्दा आफ्नो विवेक पुर्याएर गर्नु पर्ने बताउनु भयो । ‘ विवेक भनेको कानुनको उलंघन गरेर होइन् कानुनको पनि सम्मान गर्ने र विवेक प्रयोग गर्दा नगरिकलाई हित हुने रैछ भने त्यो अवस्थामा विवेक सम्मत  रुपमा काम गर्नु हो ’ उहाले भन्नु भयो ।


 उहाले कुनै पनि काम प्रहरीले एक्लै गर्न नसक्ने भन्दै जति पनि कानुनको पालन गरिरहेका हुन्छौ त्यसको सम्मान गर्ने जिम्मा नागरिकको पनि रहेको बताउनु भयो  । प्रहरीले शान्ति सुरक्षा अमनचयन कायम गर्ने, सिमा सुरक्षाको कुरा र प्रहरीको अनुसन्धानमा नागरिकको अहम भुमिका रहेको उहाले प्रष्टाउनु भयो  । प्रहरी उपरिक्षक दान बहादुर कार्कीले नागरिकका संबैधानिकहक  एवम् मानव अधिकारको रक्षा गर्नु प्रहरीको कर्तव्य रहेको औलल्याउनु भयो । 

प्रहरीले नागरिकको भरोसाको केन्द्र बन्दै पिडित प्रतिको विश्वास कायम गरेको उहाले दावि गर्नु भयो । प्रहरी कार्यालय परिसरमा निर्माण भएको नव आधुनिक हिरासत कक्षमा महिला पुरुष र बालबालिकाको लागि छ्ट्टा छुट्टै व्यवस्था गरिएको छ । हिरासत कक्षमा ७० जना अटाउने प्रहरी उपरिक्षक कार्कीले बताउनु भयो । हिरासत कक्षको भुई तलामा महिला, पुरुष गरी ३ वटा सुबिधा संपन्न हिरासत कक्षहरु, गार्ड रुम र पहिलो तल्लामा बाल बालिकाका लागि  हिरासत कक्ष छन । 

यस्तै बालमैत्री कक्ष, जिन्सी भन्डारण, र प्रबन्ध कक्ष रहेका छन । नव निर्मित सिनियर प्रहरी अधिकृत निवासमा प्रहरी नायब उपरिक्षक, प्रहरी निरीक्षक बस्ने छन । ढाई तल्लाको भवनमा १० वटा कोठा छन । भनव निर्मित सिनियर प्रहरी अधिकृत निवास बनाउन ९९ लाख ६ हजारमा मुक्ति कन्ट्रक्सन तिलोत्तमा रुपन्देही र नव निर्मित हिरासत कक्ष १ करोड ४६ लाख ८२ हजारमा के एण्ड केजि कन्ट्रक्सन कालिमाटी काठमाण्डौले सम्झौता गरी २ बर्षमा निर्माण कार्य सम्पन्न गरेको हो । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, नागरिक समाजका जय प्रकाश पाण्डेय, प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले शुभकामना मन्तब्य राख्नु भएको थियो  । 

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६