प्रदेश

माओवादी केन्द्रको चुनाव चिन्ह एमालेको लोगोमा प्रयोग भएको भन्दै आपत्ति ।



काठमाण्डौं, १९ असोज । नेकपा (एमालें) को विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको छ । माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो हँसिया हथौडा लोगोमा प्रयोग गरिएकाले माओवादी कित्ताबाट यसउपर प्रशन उठाइएको हो ।

माओवादी केन्द्रका एक नेताले आफ्नो पार्टीको चुनाव चिन्ह एमालेले लोगोमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

एमालेले यसअघि वर्गाकार कोठामा सानो साइजको हँसिया हथौडा राखेर त्यसको मुनि युएमएल लेखिएको लोगो प्रयोग गर्दै आएको थियो । हिजो सम्पन्न विधान महाधिवेशनले पुरानो लोगो परिवर्तन गरी सूर्यभित्र गोलाकार आकारको हँसिया हथौडा राखिएको लोगो पारित गरेको छ ।

तत्कालीन नेकपाले प्रयोगमा ल्याएको लोगो नै विधान महाधिवेशनले पारित गरेको हो । एमाले र माओवादीबीच पार्टी एकता हुँदा दुवै पार्टीका चुनाव चिन्हलाई मिलाएर लोगो प्रयोगमा ल्याइएकोमा पार्टी विभाजनपछि पनि एमालेले त्यसैलाई निरन्तरता दिएको छ ।

‘जसरी नेपालको झण्डा लोगोमा राख्न पाइँदैन त्यसैगरी अरु पार्टीको चुनाव चिन्ह राखेर लोगो बनाउन मिल्दैन । नेकपा हुँदा कम्प्रोमाइजमा त्यसरी राखिएको हो । अहिले एमालेले त्यसैलाई निरन्तरता दिनेगरी बनाएको लोगोप्रति हाम्रो आपत्ति छ’, माओवादी नेताले भने।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६