प्रदेश

मन्त्रालय बाँडफाँटमा भयो सहमति, कुन दललाई कुन मन्त्रालय ?



काठमाडौं, १९ असोज । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ । आज बालुवाटारमा बसेको बैठकमा मन्त्रालय भागबन्डाबारे मोटामोटी सहमति भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो ।

अब कांग्रेसले सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको बालुवाटार स्रोतको भनाई छ । कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पनि लिइसकेको छ । कांग्रेसले जम्मा सात मन्त्रालय लिने सहमति भएको थियो ।

यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने सहमति छ । माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।

नेकपा एकीकृत समाजवादीले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति स्रोतको भनाई छ । बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ ।

कांग्रेस सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म कांग्रेसबाट तीन मन्त्री र २ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै छन् ।

प्रधानमन्त्रीको सपथ लिएको दुई महिना वितिसक्दा पनि देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिन नसक्दा आफ्ना पार्टी र गठबन्धनभित्रकै नेताहरुले आलेचना गरिरहेका छन् ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६