प्रदेश

सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय विभाजनबारे असन्तुष्टि राखेर अध्यक्ष नेपाल बाहिरिए



काठमाडौं, २१ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्तारुढ गठबन्धनको बैठक चल्दा चल्दै बालुवाटारबाट बाहिरिएका छन् । दिउँसो २ बजे पार्टी स्थायी कमिटी बैठकको बीचमै मन्त्री हुनेको सूची लिएर बालुवाटार पुगेका उनी दुई घण्टाभन्दा धेरै छलफलमा बसेर बाहिरिएका हुन् ।

गठबन्धनका दलहरुले मन्त्रीको भागवण्डा गरिसकेका छन् । जस अनुसार नेपालको एकीकृत समाजवादीको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ । बालुवाटारमा मन्त्रीको संख्या र मन्त्रालय विभाजनबारे आफ्नो पार्टीको असन्तुष्टि राखेर अध्यक्ष नेपाल बाहिरिएका हुन् । उनी फेरि पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने जनाइएको छ ।

समाजवादीको आजको बैठकमा गतिला मन्त्रालय आफ्नो भागमा नपरेको र मन्त्री संख्या पनि कम भएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए । समाजवादीको बैठकले मन्त्री छान्ने जिम्मा पनि नेपाललाई नै दिएको नेता विरोध खतिवडाले बताएका छन् । गठबन्धन सरकार निर्माणका लागि निर्णायक भूमिका खेले पनि आफूहरुलाई अन्याय पारिएको गुनासो समाजवादीको छ ।

कांग्रेस, समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीको टुंगो नगरेकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने जस्तो आजै नयाँ मन्त्रीको शपथ हुने सम्भावना कम हुँदै गएको छ । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो गरिसकेको छ । कांग्रेसमा देउवा र रामचन्द्र पौडेल समूहबीच मन्त्री भागवण्डामा विवाद छ । यस्तै जसपाले मन्त्रीको टुंगो गरिसकेको छैन ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६