प्रदेश

नेकपा एसका मुख्यमन्त्री बन्ने बाटोमा दुई राजेन्द्र ।



काठमाण्डौं, २१ असोज । सत्तारुढ गठबन्धनले बाग्मती र प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । क्याबिनेट विस्तारबारे छलफल गर्न बालुवाटारमा बसेको गठवन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेको हो।

बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमतीको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने बैठकमा सहमति भएको जानकारी दिनुभयो ।

बागमतीमा कांग्रेसले समेत मुख्यमन्त्री दावी गरिरहेको चर्चाका बीच मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको समाजवादीलाई मनाउन यस्तो सहमति गरिएको बुझिएको छ । समाजवादीबाट दुई राजेन्द्र मुख्यमन्त्रीको दावेदार हुनुहुन्छ । बाग्मतीमा पार्टी उपाध्यक्षसमेत रहनुभएका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे र प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने चर्चा छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६