काठमाण्डौ, २१ असोज । राष्ट्रिय मासु व्यवसायी सङ्घले दसैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनु भन्दा एकरुपता ल्याउन मूल्यनिर्धारण गरिएको व्यवसायीहरुले बताएका छन् । आन्द्रा भुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २ सय र ह्याकुला सहित रोजाइ (ग्राहकले रोजे अनुसार)को मूल्य १हजार ३ सय निर्धारण गरिएको छ । कुखुराको मासु प्रतिकिलो ३ सय,राँगा र बङ्गुरको मासु ५-५ सय रूपैयाँ तोकिएको छ । राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिन देखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्यनिर्धारण गरिएको जनाएको हो । सङ्घका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीन थरि मूल्य निर्धारण गरिएको बताउनु भएको छ ।
२२ आश्विन २०७८, शुक्रबार
प्रतिक्रिया