कपिलवस्तु २२ असोज । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको पिउने पानीमा दिसामा पाइने जीवाणु कोपलफर्म र इकोली फेला परेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार प्रभावित क्षेत्रको पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु फेला परेको हो । कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले प्रभावित क्षेत्रबाट संकलन गरेको पानीको नमुनामा कोलिफर्म भेटिएको बताए ।
कार्यालयले नेपाल खानेपानी संस्थान बहादुरगन्ज शाखाबाट वितरण गरिएको धारा, ४० फिटभन्दा माथि गाडेका चापाकल र सय फिटभन्दा कममा गाडेको कलको पानीबाट नमूना लिएको थियो । सय फिटमा गाडेको कलमा भने जीवाणु फेला परेको छैन । संकलित नमूना बाणगंगास्थित प्रदेश स्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परीक्षण गरिएको हो । समुदायदेखि चार नमूना संकलन गरिएको थियो ।
ल्याबले दिएको जानकारीअनुसार अत्याधिक मात्रा कोलिफर्म र दिसामा पाइने जीवाणु फेला परेको जानकारी आएको घिमिरेले बताए । रिपोर्टको पूर्ण विवरण बिहीबार साँझसम्म आउने स्वास्थ्य कार्यालयले जनाएको छ । बिहीबार थप एक सय जना बिरामी थपिएर ४ सय ३० पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पान्डेले जानकारी दिनुुभयो ।
पान्डेका अनुसार अहिले पनि झाडाबान्ताको समस्या लिएर अस्पताल र क्लिनिकमा आउने क्रम जारी रहेको छ जसमा २ सय २८ जना डिस्चार्ज हुँदा जटिल ३२ विरामीलाई अयन्त्र रिफर गरिएको छभने हाल सम्म २ जनाको मृत्यु भएको छ । कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी देखिएका थिए ।
प्रतिक्रिया