प्रदेश

नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेका हुन गजेन्द्र हमालः प्रचण्ड ।



चितवन, २३ असोज। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको बताएका छन् । 

सांसदसमेत नरहेका र पछिल्लो समय राजनीतिमा निष्क्रिय जस्तै हमाल शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए ।

हमाल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका जेठान हुन् । उनी राणाकै कोटाबाट मन्त्री बनेको आरोप लागेपछि चितवन पुगेका प्रचण्डले हमाल कांग्रेसकै नेता भएको र कांग्रेसकै कोटाबाट मन्त्री बनेको जिकिर गरेका हुन् ।

हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री भएको भन्ने कुरा गलत भएको उनले बताए । र, सांसद नभएका व्यक्ति मन्त्री हुनु नयाँ कुरा नभएको  उनको भनाइ छ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चितवन जस्ता जिल्लामा समझदारीका साथ गठबन्धन बनाएर निर्वाचनमा जाने पनि बताएका छन् ।

प्रकाशित : २३ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६