काठमाडौं, २३ असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल २०२१ को फाइनलमा पोखरा राइनोजले जितका लागि चितवन टाइगर्सलाई ११२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७।५ ओभरमा सबै जिकेट गुमाएर १११ रनमा अलआउट भयो ।
पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचर्ड लेभीले २६ र कप्तान विनोद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखराले ओपनिङ जोडीमा परिवर्तन गर्दै रिचर्ड लेभसंग विपिन रावललाई खेलाएको थियो । यी दुईले पोखरालाई राम्रो सुरुवात दिलाउने संकेत गरेका थिए । तर पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेपछि लेभी आउट भए ।
चौथो ओभरको तेस्रो बलमा रिचर्ड लेभी १५ बलमा ५ छक्का प्रहार गर्दै २६ रन बनाएर आउट भए । करिम जन्नतको बलमा दिलिप नाथले लेभीलाई क्याच गरे ।ऋत गौतम पाँचौ ओभरको पाँचौ बलमा २ रन बनाएर आउट भए । ऋतलाई कमल सिंह ऐरीले हासिम अन्सारीबाट क्याचआउट गराए ।
छैटौं ओभरको अन्तिम बलमा सोमपालले साहान अराचचिगेलाई शाहब आलमबाट क्याचआउट गराएपछि पोखराले पावर प्लेमै ३ विकेट गुमाएर ४३ रन बनाएको थियो ।
नवौं ओभरको तेस्रो बलमा विपिन रावनल १७ रन बनाएर आउट भएपछि पोखराले ५९ रनमा चौथो विकेट गुमायो ।
सागर ढकालले शाहब आलमबाट विपिनलाई क्याचआउट गराए । त्यसपछि असेला गुनारत्ने र कप्तान विनोद भण्डारीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर असेला २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३४ रन बनाएर १४ औं ओभरमा आउट भए । असेलालाई सेकुगे प्रसन्नले दिलिप नाथबाट क्याचआउट गराए ।
१५ औं ओभरमा पोखराले २ विकेट गुमायो । चितवनका कमल सिंह ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०१ रन बनाउँदा ७ विकेट गुमायो । यस सिजन उत्कृष्ट खेलिरहेका विवेक ४ रन बनाएर आउट भए र लाकेशले खाता समेत खोल्न सकेनन् ।
कप्तान विनोद भण्डारीले एक छेउबाट ईनिङ्स सम्हाल्ने प्रयास गरेपनि अर्को छेउबाट विकेट गुमाउँदा पोखरा कम स्कोरमा रोकियो ।
लगत्तै अर्को ओभरमा विक्रम सोब पनि १ रन बनाएर आउट भए । उनलाई सेकसगे प्रसन्नले बोल्ड गरे । त्यसपछि नन्दन यादव खाता नखोली करिम जन्नतको बलमा एलबीडब्लु भए ।
अन्तिम विकेटको रुपमा कप्तान विनोद २६ बल खेल्दै २२ रन बनाएर १८ औं ओभरमा आउट भए । चितवनका लागि बलिङमा कमल सिंह ऐरीले ३।५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए ।
यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २ २ विकेट लिए । कप्तान सोमपाल कामी र सागर ढकालले समान विकेट लिए ।
साभार
प्रतिक्रिया