काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षीलाई नभएको बताएका छन् ।
शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पटक–पटक संसद विघटन गर्ने र त्यही संसद अबरुद्ध गर्ने अधिकार प्रतिपक्षी एमालेलाई नभएको बताएका हुन्। उहाले संसदप्रति विरोध भए संसद नै छाडेर जान चुनौति दिए ।
त्यस्तै, उनले राष्ट्रिय सहमति र परिमार्जनबिना एमसीसी पास नहुने स्पष्ट पारे । प्रचण्डले माधव नेपालको पार्टीसँग एकता नहुने बरु तालमेलका आधारमा अघि बढ्न सकिने जिकिर गरे । उनले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबन्डा गरियो भन्नु गलत भएको पनि बताए ।








प्रतिक्रिया