अर्थ-वाणिज्य

प्रहरीको गोली लागेका एकको मृत्यु : रुपन्देही प्रशानले लगायो कर्फ्यु



 बुटवल  २४ असोज। बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर गम्भिर घाइते भएका एकको मृत्यु भएको छ । औद्योगिक करिडोर क्षेत्रमा बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले बताए ।

भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको थियो । अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो । अवस्था अहिले पनि तनावपूर्ण छ । सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति छ ।
बुटवलमा ४ बजेदेखि कर्फ्यु
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

आज (आइतबार) ४ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६