प्रदेश

प्रधानमन्त्री देउवाले कांग्रेसजनको शिर झुकाए, ब्यबस्था नै नकाम बनाए : रामचन्द्र



चितवन, २५ असोज । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन दिन पनि नटिक्ने गरी प्रधानन्यायाधीशका मान्छेलाई मन्त्री बनाएर प्रधानमन्त्रीले तमासा देखाएको टिप्पणी गरेका छन् ।पार्टीको नव निर्वाचित भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले सभापतिले सरकारको नेतृत्व गर्दा पार्टीको बदनाम गर्दै गएको आरोप लगाए ।‘कोटामा एउटालाई मन्त्री भर्ती गरियो, बनायो दुई–तीन दिनमै राजीनामा दिनुपर्‍यो,’ उनले भने, ‘यसले पार्टीको बदनाम भएको छ । नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामाथि खेलवाड गर्न के पार्टी सभापतिलाई अधिकार छ ? प्रधानमन्त्रीलाई अधिकार छ ?’

नेता पौडेलले अबका निर्वाचनमा अन्य पार्टीको चुनाव चिन्हमा भोट हाल्न नपर्ने गरी पार्टीलाई अघि बढाउन आफू लाग्ने बताए । केही दिनअघि चितवन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकारसँग कुरा गर्दै विशेष अवस्थामा गठबन्धन बनेका कारण आगामी चुनावसम्म गठबन्धन एक भएर अघि बढ्ने दाबी गरेका थिए ।

‘अबको निर्वाचनमा हाम्रो पार्टीका कार्यकर्ताले हँसिया, हथौडा, सूर्य, हलो कुनै पनि चिन्हमा भोट हाल्न नपर्ने गरी अघि बढ्छौं’, उनले भने, ‘तपाईंहरूले पार्टीको नेतृत्व चुन्दा विचार पुर्‍याउनु होला ।’ पौडेलले पार्टीको अहिलेको नेतृत्वले कार्यकर्ताको भावना नबुझी अरू पार्टीका मान्छेलाई भोट हाल्न लगाएर आत्मसम्मानमा चोट पुर्‍याएको बताए ।

नेपाली कांग्रेसका कार्यकर्ताले विगतमा संसदीय चुनावमा राप्रपाका नेता विक्रम पाण्डे र भरतपुरको मेयरको चुनावमा माओवादी केन्द्रकी रेनु दाहाललाई भोट हालेका थिए । शुभकामना आदानप्रदानमा बोल्ने जिल्ला नेताहरूले चुनावमा अन्य पार्टीलाई भोट हाल्न बाध्य पारिएको भन्दै नेतृत्वको कडा आलोचना गरेका थिए ।‘नेतृत्वले आगामी दिनमा पनि अरुलाई सहयोग गर्ने निर्णय गरे हामी मान्दैनौं,’ कांग्रेस भरतपुरका सभापति चित्रसेन अधिकारीले भने, ‘अब चितवनमा हामी आफैं सक्षम छौं, भागबण्डा गर्ने भए अन्तै गए हुन्छ ।’

प्रकाशित : २५ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६