कपिलवस्तु २७ असोज । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपालले कपिलवस्तुको विकासको उच्चतम अवसर आफूहरुको काधमा आएको वताउनु भएको छ । उहाले कपिलवस्तुवाट भौतिक योजना तथा विकास मन्त्री ,ग्रामिण तथा शहरी विकास मन्त्री लगायतका ३ जना मन्त्री प्रदेश सरकारमा भएका बखत आफूहरु नचुक्ने प्रष्टाउनु भएको हो ।
नेपाली काँग्रेस शिवराज नगर समितिले चन्द्रौटामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेपालले पर्यटनको विकास आजको महत्त्वपूर्ण विषय रहेको बताउनुभयो । कपिलवस्तुमा धार्मिक तथा पर्यटकीय स्थलहरू रहेकोले यी स्थललाई संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । ढल निकास नहुँदा तथा सरसफाईको कमिले कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप बढेकोले त्यसमा नागरिकहरू सचेत बन्दै सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले विकासमा कसैलाई पक्षपात नगरी समग्र जिल्लालाई हेर्न सुझाव दिनुभयो । नेपाली काँग्रेसले सधैँ जनताको हक अधिकारको लागि लड्ने भएकोले जनताको गरेको प्रतिविद्धतालाई पुरा गर्न राज्यमन्त्री नेपाललाई आग्रह गर्नुभयो ।जिल्ला उपसभापति अब्दुल कलाम,हुमाकान्त खनाल,अजय थापा लगाएतले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । नगर सभापति मधु पोख्रेलको अध्यक्षतामा ,उपसभापति करम हुसेनको स्वागत मन्तव्यमा रहेको कार्यक्रम विष्णु पोख्रेलको सञ्चालनको सम्पन्न भएको हो ।








प्रतिक्रिया