काठमाण्डौ, २७ असोज । नेपाल साफ च्याम्पियनशिपको फुटबलको फाइनलमा पुगेको छ । आज भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । आज बुधवार मालेको राष्ट्रिय रङ्गशालामा भएको खेल एक(एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो ।
खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
खेलको ७९ औँ मिनेटमा गोलकीपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि उनको ठाउँमा अशरफुल राना आएका थिए ।
प्रतिक्रिया