प्रदेश

वर्षाले मेलम्ची इन्द्रावती जोड्न बनाइएको अस्थायी मोटरबाटोमा क्षति



काठमाण्डौ, ३१ असोज ।  गए रातिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती जोड्ने अस्थायी पुल बगाएको छ ।

गएको असार १ को बाढीले पक्की पुल बगाएपछि झण्डै तीन महिनापछि ह्युम पाइप राखेर त्यहाँबाट मोटरबाटो बनाइएकोे थियो । तर गएराति ठूलो पानी परेकाले अस्थाई पुल बगाए पछि मेलम्ची नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० सँगको सडक सम्पर्क बिच्छेद भएको छ । यस्तै, पाँच पोखरी थाङपाल गाउँपालिकाको पुरै र ईन्द्रावती गाउँपालिको केही क्षेत्रमा पनि सडकसँगको सम्पर्क टुटेको छ ।

यस्तै, मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइपमाथिको माटो बगाएका कारण यो सडकसमेत अवरुद्ध भएको छ । गएको असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखेर गाडको आवतजावत खुलाइएको थियो ।

प्रकाशित : ३१ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६