प्युठान, ३१ असोज । नेकपा (माओवादी केन्द्र) झिमरुक गाउपालिमा जनताको आकर्षण बढ्दो छ । पार्टीमा मंगलबार एमाले जिल्ला कमिटी सदस्य, राजमो वडा सदस्यका उमेदवार सहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रका विजयादशमी ,दिपावली ,नेपाल सम्वत्, ,छठको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम प्रमुख अतिथी नेकपा (माओवादी केन्द्र)लुम्बिनी प्रदेश सचिवालय कमिटी सदस्य पित बहादुर एम सी, विशेषअतिथी माओवादी केन्द्र जिल्ला सम्मन्वय कमिटी प्युठानका सयोजक कृष्ण अधिकारी (प्रकाश ),अतिथिहरु माओवादी केन्द्र लुम्बिनी प्रदेश प्रतिनिधि बिश्वबन्धु थापा, माओबादी केन्द्र का केन्द्रीय सल्लाहकार कमिटी सदस्य श्रीकृष्ण रिजाल ,माओवादी केन्द्र प्रदेश सभा निर्वाचन क्षेत्र ख का संयोजक उमाराम पौडेल ,सचीव तुलस बस्नेत लगायतका नेताहरुले नवप्रवेशीहरूलाई स्वागत गरेका हुन् ।
प्रवेश गर्नेहरू नेकपा एमाले प्युठान जिल्ला कमिटी सदस्य तथा झिमरुक गाउपालिका सचिव ललित बस्नेतको नेतृत्वमा एमाले प्युठान काठमाडौं सम्पर्क कमिटी सदस्य त्रिबेणि पोखेल गत स्थानिय तहको निर्वाचनमा एमालेबाट झिमरुक गाउपालिका वडा न ८ दलित महिला सदस्य उम्मेदवार रेसमा सामत सहित एक दर्जन कार्यकर्ता एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
त्यसैगरी बिस्सुमणी पोखेलको नेतृत्वमा केशव राज पोखेल बर्सात के.सी,सुरेन्द्र पोखेल रचना खत्री ,होम बहादुर के.सी. ,किरण के.सी. शुशिला के.सी. कस्तुरी केसि लागायत एक दर्जन भन्दा बढी कार्यकर्ता राजमो परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
प्रवेश गरेकाहरूले देशमा परिवर्तनको शक्ति माओवादी भएको र माओवादीकै नेतृत्वमा देशको परिवर्तन र समृद्धि सम्भव भएको भन्दै माओवादीमा आवद्ध भएको बताएका छन् । उनीहरूले परिवर्तनका लागि माओवादीमा एकताबद्ध हुन समेत आग्रह गरेका छन् ।








प्रतिक्रिया