प्रदेश

सेती नदीले खतराको तह पार गर्‍यो , कहीँ सडक अवरुद्ध, कतै खेत बगायो, विद्युत् सेवा पनि अवरुद्ध ।



डोटी, ०२ कार्तिक । सेती नदीमा पानीको बहाव बढेको छ । लगातार तीन दिनदेखि परिरहेको वर्षाका कारण सेती नदीमा आएको बाढीले आसपासका क्षेत्रमा जोखिम बढेको हो । नदीको बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

सेती नदी दिपालयल सिलगढी जोड्ने मोटर पुल माथि उक्लेको छ । यस्तै बाढीले पुल छोएपछि अहिले बिहानदेखि पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।

पुलमा आवत जावत बन्द गरिएपछि तराईंबाट डोटीको जिल्ला सदरमुकाम सिलगढी लगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानक लागि आएका दजर्नौँ सवारी साधन अहिले यहाँको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रोकिएका छन् ।

डोटीको गोपघाट र दिपायलको समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह निकै बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३।५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । 

वर्षातका कारण सोमबार दिउँसोदेखि यस क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण दिपायलका भरतबहादुर द्वारियाका अनुसार यहाँका पहाडी जिल्लामा वितरण गरिएको ३३ केभीए प्रशारण लाइनमा रुख परेका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । 

नदीले यहाँ धान रोपेका खेतमा समेत कटान गरी बगाउन थालेको छ । डोटी कालागाढका स्थानीय तेजबहादुर बोगटीले डोटीमा पनि धेरै ठाउँमा धान खेत बगाएको जानकारी दिनुभएको छ ।

नदीले बझाङमा पनि निकै क्षेति पुर्याएको छ । कतिपय ठाउँमा सडक अवरुद्ध भएका छन् भने खेतहरु बगाएको छ । बिजुली, खानेपानी र नेपाल टेलिकमको सेवा समेत प्रभावित भएको छ । बझाङ् सुबेडाको सेराभंगाला खेत आधा बढी बगाएको सुबेडाका स्थानीय मकर रेग्मीले बताउनुभयो ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६