प्रदेश

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु



काठमाण्डौं, ३ कर्तिक । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । बैठकले बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिका सन्दर्भमा पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय हुने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरिसकेका छन् ।  सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री देउवाले देशभर भएका क्षतिको विषयमा ब्रिफिङ लिएका थिए भने सो क्रममा उनले मृतकका परिवारका साथै प्रभावितलाई उचित राहत दिने घोषणा गरेका हुन् ।

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६