प्रदेश

जुम्लामा बर्षाले १८ हेक्टर धान डुवाउदाँ मार्सी धानको बिउ जोगाउनै कठिन ।



जुम्ला, ३ कार्तिक । गएको तीन दिनदेखि लगातारको वर्षा र बाढीले देशभरको जनजीवन प्रभावित बनेको छ । यसैबीच वर्षा र बाढीले जुम्लामा पुर्याएको क्षतिको विषयमा जानकारी दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईँले प्रस्तुत गर्नुभएको जिल्लाको क्षति विवरणमा हिमा गाउँपालिका ६ का रत्ना शाही बेपत्ता हुनुभएको छ । 

यस्तै तिला र भेरी नदीको बहाव बढ्न गइ नदी छेउछाउका १८ हेक्टर कालीमार्सी धानको क्षति भएको छ । सिञ्जा क्षेत्रको धानको क्षति भने आउन बाँकी छ । 

प्रजिअ पसाईँका अनुसार तातोपानी र तिला गाउँपालिकामा एक सय ५२ भेडाबाख्रा र तातोपानीमा तीन भेडा संरक्षणका लागि राखिएका कुकुरलाई बाढीले बगाएको छ । 

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकामा धेरै क्षति भएको बताउनुभएको छ । तिला गाउँपालिकामा पनि धेरै नै क्षति भएकाले अध्यक्ष रतननाथ योगी र उपाध्यक्ष विष्णुमाया बुढा क्षतिग्रस्त क्षेत्रतिर हुनुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले मार्सी धानको बिउ जोगाउनै कठिन हुने भएको जानकारी दिनुभयो । उहाँले बालीमा मात्रै अनुमानित ६ करोड रुपैयाँ बराबरको क्षति हुने जानकारी दिनुभयो ।  

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६