प्रदेश

बाढी–पहिरोमा ज्यान गुमाउनेको संख्या ७७ पुग्यो , २६ जना बेपत्ता। (अपडेट)



काठमाडौं , ३ कार्तिक । विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ ।

गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् ।पाँचथरपछि बढी मानवीय क्षति हुने जिल्ला इलाम बनेको छ । इलमामा पहिरोमा परी १३ जनाको मृत्यु हुनो २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् ।

यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ । यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २/२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक,एक जनाको मृत्यु भएको छ ।बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५/५, बैतडी र इलाममा २/२, कालीकोट र डडेलधुरामा एकरएक जना घाइते भएका छन् ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६