प्रदेश

लुम्बिनी प्रदेशका चारवटा अस्पताललाई प्रदेश सरकारको मातहत लैजाने तयारी गरिदै



लुम्बिनी ३-कार्तिक / लुम्बिनी प्रदेशका चारवटा अस्पताललाई प्रदेश सरकारको मातहत लैजाने तयारी भएको छ । बुधवार लमही अस्पतालको स्थलगत अनुगमन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले लमही अस्पताल सहित बर्दियाको चिसापानी, कपिलबस्तुको पिपरा र बहादुरगंजको अस्पताललाई प्रदेश सरकारको मातहतमा लगेर सुविधा सम्पन्न गराउने तयारिमा रहेको जानकारी दिए ।


पछिल्लो समय स्रोतसाधन र पूर्वाधार विकासको हिसाबले अस्पतालले राम्रो प्रगति नगरेको भन्दै, कोभिडको बेलासमेत अस्पतालले राम्रो सेवा प्रदान गर्न नसेकेको जनगुनासो स्थानीयबाट आएपछि लमही अस्पतालको स्थलगत अनुगमन तथा निरिक्षण गरेको स्वास्थ्य मन्त्री थारुले बताए । प्रदेश सरकार मातहत एक प्रदेशमा एक ठूलो अस्पताल बनाउने नीतिअनुसार प्रदेश मातहत लिन लागिएको मन्त्री थारुले बताए ।

मैले सुरुदेखि नै लमही अस्पताललाई प्रदेश सरकारको मातहत राख्नुपर्छ भनेको थिए’ मन्त्री हुनुभन्दा अघि संसदमा पनि यस विषयमा बोलेको थिए’ मन्त्री थारुले भने । स्थानीय तहको मातहतमा रहदा अस्पतालको सेवा सबै खस्किएको छ । अनुगमनका क्रममा अस्पतालबाट प्रदान गरिने सेवा सबै लथालिङ् अवस्थामा रहेको देखियो, यो तरिकाले आम जनताले कसरी राम्रो सेवा पाउन सक्छन ? मन्त्रीले भने । देउखुरी कै केन्द्र विन्दु मानिने लमही अस्पताललाई थप विकास गर्नको लागि गुरुयोजना बनाएर हामीले तयारि थालेका छौं’ उनले भने ।

स्थानिय पालिकाले राम्रो व्यवस्थापन गर्न सकेन, यहाँ राजनीतिक लडाई र खिचातानी मात्र भयो जसले गर्दा अस्पतालको स्तरवृद्धि भएन’ उनले भने अब प्रदेश सरकारले केही नयाँ काम गरेर देखाउने छ । यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले अस्पतालको विकासको लागि आफु सधै सकारात्मक भएको बताए । मन्त्री थारुले अस्पतालको प्रयोगशाला, प्रसुती भवन, ईमर्जेन्सी तथा डर्स, फार्मेसी, विमा, सर्पदंश उपचार केन्द्र र एक्सरे कक्षको अनुगमन गरेका हुन् ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६