प्रदेश

रुपन्देहीको तामनगरमा एम्बुलेन्स र मोटरसाइकल ठोकिंदा दुईको मृत्यु, एक जना घाइते ।



बुटवल,७ कार्तिक। बुटवलमा एम्बुलेन्स र मोटरसाईकल एकआपसमा ठोकिंदा दुई जनाको मृत्यु भएको छ। शुक्रवार राती पौने १ बजेतिर लु १ झ २८७ नं. को एम्बुलेन्स र लु २४ प ३९८७ नं. को मोटरसाईकल बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगरमा ठोकिएका थिए।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवल तर्फ आईरहेको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गईरहेको मोटरसाईकल एकआपसमा ठोकिंदा मोटरसाईकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षिय अनमोल थापा र मोटरसाईकलको पछाडी बस्ने सैनामैना ४ बस्ने ३५ वर्षिय निशान क्षेत्रीको मृत्यु भएको हो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स चालक गैंडहवा गाउंपालिका ६ बस्ने ३६ वर्षिय सुरेन्द्र मुराउ घाईते भएका छन्। प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको बताएको छ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६