प्रदेश

दुई चरणमा हुने भयो एमालेको पालिका अधिवेशन ।



काठमाण्डौ, ७ कार्तिक । हिजो ६ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न गरेको नेकपा एमाले पालिका अधिवेशनमा जुटेको छ।पर्सि हुने पालिका अधिवेशनको लागि तयारी सुरु भएको एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरो तथा डुबानका कारण पालिका अधिवेशन पनि एकैदिन नहुने भएको छ ।यसअघि एकैदिन पालिका अधिवेशन गर्ने तयारी गरे पनि अब दुई चरणमा अधिवेशन हुने भएको छ । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा ९ गते पछाडि अधिवेशन हुनेछ । अरु ठाउँमा भने तोकिएको मिति अर्थात पर्सि ९ गते नै हुने उहाँले बताउनुभयो । 

यस्तै, हिजो वडा अधिवेशन हुन नसकेका  बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा आउँदो १५ गतेसम्ममा अधिवेशन सक्ने एमालेको तयारी छ ।  हिजो एकैसाथ देशभर वडा अधिवेशन गर्ने भनिए पनि प्राकृतिक विपद्का कारण अधिवेशन रोकिएको हो । रोकिएका धेरैजसो वडामा आउँदो शुक्रवार अधिवेशन हुने र बाँकी रहेका वडामा १५ गतेसम्ममा गरिसक्ने तयारी भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

हिजो ६ हजारभन्दा धेरै वडामा वडा अधिवेशन भएको छ । अधिवेशन भएका वडाको विवरण सङ्कलन भइरहेको छ । वडा अधिवेशन भएका सबै ठाउँमा सर्वसम्मत भएको एमालेले जनाएको छ । एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप हिजो पहिलो चरणमा वडा अधिवेशन गरेको हो । एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ । 

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६