प्रदेश

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो, ३४ जना अझै बेपत्ता । (अपडेट)



काठमाणडैं, ७ कार्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ । बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ७ र लुम्बिनीमा ४ पुगेको छ ।

शनिवार बझाङको थलारा गाउँपालिका–४ डिक्ला सितलमा पहिरोका कारण ज्यान गुमाएका १२ वर्षीय सन्दिप कार्कीको शव फेला परेको छ । उनको कम्मर भन्दा मुनिको भाग मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ  । बझाङमा मात्र १९ जना बेपत्ता छन् । 

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६