प्रदेश

परिचय पत्र नभएका व्यक्तिलाई घर–कोठा भाडामा नदिन सरकारको आग्रह ।



काठमाण्डौ, ८ कार्तिक । सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन आग्रह गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको भन्दै पहिचान खुल्ने परिचय पत्र नभएका कसैलाई पनि घर, अपार्टमेन्ट, कोठा भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन भनिएको छ ।  यस्तै पहिचान नखुलेका विदेशी नागरिक देखिएमा वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन पनि मन्त्रालयले आग्रह गरेको छ । 

११ जना अफगान नागरिक भारतको बाटो काठमाण्डौमा लुकीछिपी बसेको खुलेपछि गृह मन्त्रालयले यस्तो आग्रह गरेको हो । आज सोमवार बिहान ११ जना अफगान नागरिक सिनामङ्गलबाट पक्राउ परेका थिए । प्रहरीले उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको छ । कात्तिक ४ र असोज तेस्रो हप्ता उनीहरू बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका प्रहरीले जनाएको छ ।


प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६