प्रदेश

लियो क्लवद्धारा कपिलवस्तु सामुदायिक अस्पताल र पिपरा अस्पतालमा मोवाईल चार्जिङ पोईन्ट जडान ।



कपिलवस्तु, ८ कार्तिक । लियो क्लव अफ कपिलवस्तुका सह कोषाध्यक्ष मधुसुदन गन्र्दवको जन्मदिनको अवसर पारेर कपिलवस्तु सामुदायिक अस्पताल र पिपरा अस्पतालमा मोवाईल चार्जिङ पोईन्ट जडान गरिएको छ ।

अस्पतालमा बिरामी कुरुवालाई परेको असहजतालाई मध्यनजर गरेर मोवाईल चार्जिङ पोईन्ट जडान गरिएको हो । विभिन्न क्लवहरु जस्तै लियो क्लव अफ कपिलवस्तु पनि पछिल्लो समय सामाजिक कार्यमा अग्रसर देखिएको छ । 

क्लवका पदाधिकारी सदस्यहरुले जन्मदिनमा अन्य फजुल खर्च भन्दा सामाजिक कार्यमा खर्च गर्दा समाजलाई पर्ने प्रभाव निकै फरक तथा सकारात्मक देखिएको क्लवका सह कोषाध्यक्ष मधुसुदन गन्र्दवले बताए ।

यस्तै कपिलवस्तु सामुदायिक अस्पताल र पिपरा अस्पतालका कर्मचारी तथा पदाधिकारीले क्लवलाई उपहार दिदै आगामि दिनमा पनि समाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

कपिलवस्तु सामुदायिक अस्पताल र पिपरा अस्पतालमा मोवाईल चार्जिङ पोईन्ट जडान कार्यक्रममा लियो क्लव अफ कपिलवस्तु २०२१/०२२का प्रथम उपाध्यक्ष भिम प्रसाद भट्टराईको अध्यक्षता तथा क्लवका पदाधिकारीको सक्रियता रहेको कल्वका अध्यक्ष पाण्डव भण्डारीले जानकारी दिए । 

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६