कपिलवस्तु, ८ कार्तिक । लियो क्लव अफ कपिलवस्तुका सह कोषाध्यक्ष मधुसुदन गन्र्दवको जन्मदिनको अवसर पारेर कपिलवस्तु सामुदायिक अस्पताल र पिपरा अस्पतालमा मोवाईल चार्जिङ पोईन्ट जडान गरिएको छ ।
अस्पतालमा बिरामी कुरुवालाई परेको असहजतालाई मध्यनजर गरेर मोवाईल चार्जिङ पोईन्ट जडान गरिएको हो । विभिन्न क्लवहरु जस्तै लियो क्लव अफ कपिलवस्तु पनि पछिल्लो समय सामाजिक कार्यमा अग्रसर देखिएको छ ।
क्लवका पदाधिकारी सदस्यहरुले जन्मदिनमा अन्य फजुल खर्च भन्दा सामाजिक कार्यमा खर्च गर्दा समाजलाई पर्ने प्रभाव निकै फरक तथा सकारात्मक देखिएको क्लवका सह कोषाध्यक्ष मधुसुदन गन्र्दवले बताए ।
यस्तै कपिलवस्तु सामुदायिक अस्पताल र पिपरा अस्पतालका कर्मचारी तथा पदाधिकारीले क्लवलाई उपहार दिदै आगामि दिनमा पनि समाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
कपिलवस्तु सामुदायिक अस्पताल र पिपरा अस्पतालमा मोवाईल चार्जिङ पोईन्ट जडान कार्यक्रममा लियो क्लव अफ कपिलवस्तु २०२१/०२२का प्रथम उपाध्यक्ष भिम प्रसाद भट्टराईको अध्यक्षता तथा क्लवका पदाधिकारीको सक्रियता रहेको कल्वका अध्यक्ष पाण्डव भण्डारीले जानकारी दिए ।









प्रतिक्रिया