प्रदेश

एमाले कपिलवस्तुमा सबै नगर कमिटी सर्वसहमत चयन, कुन पालिकामा कसको नेतृत्व ?



 एमाले बाणगंगा नगर अध्यक्षमा पुन पोख्रेलको नेतृत्व ।

करिव ४ हजार पार्टी संगठित सदस्य रहेको एमाले बाणगंगा नगरपालिकाको प्रथम नगर अधिवेशनबाट युवा नेता युवराज पोख्रेलको नेतृत्वमा ७० सदस्यि नगर कमिटी सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । नेकपा विभाजन पछि पोख्रेल नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । अधिवेशनबाट नगरको उपाध्यक्षमा मुक्त बहादुर कार्की सचिवमा विष्णु गिरी उपसचिवमा चेतनारायण भण्डारी, लक्ष्मी थारु सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका संयोजक विश्व कार्कीले जानकारी दिनु भयो । एमाले बाणगंगाको नगर अधिवेशनलाई निकै अर्थपूर्ण रुपमा लिने गरिएको छ ।  

 एमाले बुद्धभूमिमा देवी बेल्बासे ।

एमाले बुद्धभूमि नगरपालिकाको प्रथम नगर अधिवेशनबाट देवी बेल्बासेको नेतृत्वमा ६५  सदस्यि नगर कमिटी चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष खुम प्रसाद आचार्यले जानकारी दिनु भयो । अधिवेशनबाट नगरको उपाध्यक्षमा माधुराम न्यौपाने सचिवमा धुव्र न्यौपाने उपसचिवमा सरिता निशाष सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका संयोजक पिताम्बर खनालले जानकारी दिनु भयो ।    

एमाले शिवराजमा पौडेल चयन ।  

एमाले शिवराज नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जगत पौडेलको  नेतृत्वमा नगर कमिटी चयन भएको एमाले शिवराजले जनाएको छ ।  अधिवेशनबाट नगरको उपाध्यक्षमा महादेव पोख्रेल सर्वसम्मत चयन भएको एमाले शिवराजले जनाएको छ । 

एमाले कपिलवस्तु नगरको नेतृत्वमा प्रजापति ।  

कपिलवस्तु जिल्लाको ऐतिहासिक नगरपालिका कपिलवस्तु नगरपालिकाको प्रथम नगर अधिवेशनबाट श्याम प्रजाप्रतिको नेतृत्वमा ५१ सदस्यि नगर कमिटी चयन भएको निर्वतमान नगर अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनु भयो । जसको उपाध्यक्षमा ओमिश मुसलवान सचिवमा सन्तोष श्रीवास्तव, उपसचिवमा अर्जुन चौधरी, रुपैया खातुन सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष आजाज अहमद दर्जीले जानकारी दिनु भयो । 

विजयनगरको नेतृत्वमा खन्गाहा चयन ।

कपिलवस्तुको एमाले विजयनगर गाउँपालिकाको प्रथम गाउँ अधिवेशनबाट अध्यक्षमा थर्क बहादुर खन्गाहाको नेतृत्वमा ५१ सदस्यि गाउँपालिका कमिटी चयन भएको एमाले विजयनगरले जनाएको छ । जसको उपाध्यक्षमा रामऔतार यादव   सचिवमा , गोकर्ण सापकोटा उपसचिवमा सुनिता कुमारी थारु, कल्ताफ हुसेन खाँ सर्वसम्मत चयन भएको एमाले नेता राम प्रकट कोरीले बताउनु भयो । 

एमाले कृष्णनगरमा मौर्या ।

एमाले कृष्णनगर नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सन्दिप मौर्याको नेतृत्वमा ३८  सदस्यि नगर कमिटी चयन भएको एमाले कृष्णनगरले जनाएको छ । अधिवेशनबाट नगरको उपाध्यक्षमा मेहताव आलम सचिवमा अरुण कुमार श्रीवास्तव, उपसचिवमा जावेद आलाम  सर्वसम्मत चयन भएको एमाले कृष्णनगरले जनाएको छ ।  

एमाले मायादेवीको नेतृत्वमा चौधरी ।

एमाले मायादेवी गाउँपालिकाको प्रथम गाउँ अधिवेशनबाट जगन्नाथ चौधरीको अध्यक्षमा  नेतृत्वमा ५१ सदस्यि गाउँपालिका कमिटी चयन भएको एमाले मायादेवीले जनाएको छ । जसको उपाध्यक्षमा शंकर प्रसाद चौधरी सचिवमा  विष्णु पाण्डे उपसचिवमा माधुरी अग्रहरी, सैरु निशा सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष द्रोणराज सुवेदीले जानकारी दिनु भयो । 

एमाले शुद्धोधनको नेतृत्वमा कुर्मी ।  

 एमाले शुद्धोधन गाउँपालिकाको प्रथम गाउँ अधिवेशनबाट अध्यक्षमा राम विलास कुर्मीको नेतृत्वमा ४७ सदस्यि गाउँपालिका कमिटी चयन भएको एमाले शुद्धोधनले जनाएको छ । जसको उपाध्यक्षमा निसार अहमद मुसलवान सचिवमा राधेश्याम यादव उपसचिवमा सरिता न्यौपाने, नुूरुहक शेष सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनु भयो ।

एमाले महाराजगञ्जमा निजामुद्धिन खाँन ।   

एमाले महाराजगञ्ज नगरपालिकाको प्रथम नगर अधिवेशनबाट निजामुद्धिन खाँनको   नेतृत्वमा ६५ सदस्यि नगर कमिटी चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष टेकराज पौडेलले  जानकारी दिनु भयो । अधिवेशनबाट नगरको उपाध्यक्षमा देवेन्द्र पाण्डे सचिवमा सन्तोष त्रिपाठी सर्वसम्मत चयन भएको एमाले महाराजगञ्जले जनाएको छ ।  

 एमाले यसोधरामा सरिफको नेतृत्व । 

एमाले यसोधरा गाँउपालिका कमिटीको अध्यक्षमा हरम सरिफ चयन हुनुभएको छ । सरिफको नेतृत्वमा ३९ सदस्यि कमिटि चयन भएको एमाले यसोधरा गाँउ कमिटीले जनाएको छ ।  

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६