प्रदेश

वाग्मतीमा मुख्यमन्त्री दाबी गर्न भोलि ३ बजेसम्मको समय



वाग्मती, १० कार्तिक । वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधवार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले संविधानको धारा एक सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान गर्नुभएको हो । बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न भोलि दिउँसो ३ बजेसम्मको समय दिइएको छ ।

वाग्मती प्रदेशमा यसअघि संविधानको धारा एक सय ६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शाक्यको नेतृत्वमा सरकार बनेको थियो । विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादी का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरिसकेको छ ।

प्रदेश सभामा एमालेका ४३‚ माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३‚ विवेकशील साझा पार्टीका तीन‚ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईरदुई तथा जनता समाजवादी पार्टीका एक सांसद् छन् ।

सरकार बनाउन कम्तीमा ५५ सांसदको समर्थन चाहिन्छ । एमाले विभाजन भएपछि अल्पमतमा पर्नुभएकी अष्टलक्ष्मी शाक्यले आज प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । शाक्यको मुख्यमन्त्री कार्यकाल ७१ दिनको रह्यो ।   

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६