प्रदेश

भीम अस्पतालमा दैनिक २०० सिलिण्डर अक्सिजनको प्लान्ट संचालनमा



भैरहवा, ११ कार्तिक । भैरहवामा रहको भीम अस्पतालले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । दैनिक २०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमतासहितको प्लान्ट बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारूले उद्घाटन गरे    दुई करोड ६० लाख रुपैयाँ लगानीमा प्रदेशमै ठूलो क्षमताको अक्सिजन प्लान्टको रूपमा स्थापना भएको यस प्लान्टले वायुमण्डलमा रहेको हावाबाट अक्सिजन उत्पादन गर्नेछ । पलान्ट संचालनसँगै अस्पतालमा अक्सिजन अभावको समस्या समाधान हुनुका साथै अक्सिजन भर्नका लागि सिलिन्डर जिल्लाबाहिर पठाउनुपर्ने र अक्सिजनको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालले जानकारी दिएको छ ।पीडी इन्जिनियरिङ प्रालिको प्राविधिक संयोजनमा टर्कीमा निर्मित प्लान्टले उत्पादित अक्सिजन सिधै बिरामीको बेडसम्म पापयपलाइनमार्फत र सिलिण्डरमा भरेर भण्डारण गर्न पनि सकिने प्रालिका प्रबन्ध निर्देशक धर्म पौडेलले बताए ।.        अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री थारूले बिरामीको उपचारको सहजताका लागि र अक्सिजन अभावको समस्या प्लान्ट संचालन भएसँगै समाधान भएको बताए । उनले कोभिड अझै नसकिएकाले अगामी दिनमा पनि महामारी आउने प्रबल संभावना रहेकाले जोखिमबाट जोगिनका लागि प्लान्टले ठूलो सहयोग गर्ने बताए । माहमारी आउने संभावना रहेकाले यसका लागि अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार जुध्नका लागि तयारी अवस्थामा रहनुपर्ने मन्त्री थारूको भनाइ थियो ।.                प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला वलीले अक्सिजन प्लान्ट स्थापना हुनु यस क्षेत्रका नागरिकका लागि खुसीको कुरा भएको बताइन् । उनले कोभिड( १९ को दोस्रो महामारीमा धेरै नागरिकले ज्यान गुमाउनुपरेकाले यसबाट बच्न सावधानी अपनाउनुपर्ने धारणा राखिन्।भीम अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले १९९० सालमा १५ शय्याको अस्पतालबाट सुरु भएको भीम अस्पताल त्यसपछि २५ शय्या हुँदै अहिले ५० शय्याको अस्पतालको रूपमा रहेको बताए  । ५० शय्याको अस्पताल भए पनि अहिले भीम अस्पतालबाट १२० शय्याभन्दा बढी राखी उपचार गरिँदै आएको छ ।.               रूपन्देही जिल्लाको नमुना अस्पतालको रूपमा अघि बढाउने उद्देश्यका साथ १७ करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रसूतिगृह, बिरामी कुरुवाका लागि ५० सिटको प्रतीक्षालय, अत्याधुनिक अस्पताल भवनलगायतका भौतिक संरचनाको स्तर उन्नतिका लागि लागेको उनले बताए । भौतिक संरचना भन्दा पनि जनशक्तिको अभाव रहेकाले यसतर्फ सम्बन्धित निकायले ध्यान पनि उनले आग्रह गरे ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६