प्रदेश

रुपन्देहीको सैनामैनामा भैंसीको मासुले गाउँनै त्रसित, ७० जनालाई रेबिज विरुद्धको खोप



सैनामैना,१३ कार्तिक । रुपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै त्रसित भएको छ । नगरको वडा नं। ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउँ नै त्रसित भएको हो ।

यहि असोज १९ गते घटस्थापनाका दिन सैनामैना(८ पिपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयको घरबाट स्मृतिटोलका केही व्यक्ति मिलेर भैंसी ल्याई काटेर गाउँमा मासु बिक्री गरेका थिए । असोज १९ गतेको घटना भएपनि अहिले घटना सार्वजनिक भएको हो । सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृतिटोल निवासी दुई व्यक्तिले पिपलडाँडाबाट भैसी ल्याई काटेर प्रति केजी २५० रुपैयाँका दरले बिक्री गरेका थिए । उक्त भैंसीको मासु स्मृति टोलसँगै सैनामैना(८ र कञ्चन गाउँपालिका(१ का गरि कूल १ सय ४० जनाले पकाएर खाएका थिए ।

वडाध्यक्ष बेल्वासेले भने(‘भैसी कुकुरले टोकेर केहीदिनदेखि बिरामी परेको रहेछ, उहाँहरुले हामीले छाला मात्र प्रयोग गर्छौ भनि उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।’ उक्त मासु खानेमा बच्चादेखि बृद्धसम्म रहेका उनले बताए । अस्वस्थ मासु बिक्री वितरण गरेको भन्दै दाषीहरुलाई आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीमा अनुरोध गरिएको अध्यक्ष बेलबासेले बताए ।

कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेको घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृतिटोलमा पुगेर एकैपटक ७० जनालाई रेबिज विरुद्धको खोप लगाएको छ । नगर प्रमुख चित्र बहादुर कार्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्र्यवद्र्धक खाद्यन्न सम्वन्धि चेतनाको अभाव रहेकोले उक्त समस्या उत्पन्न भएको बताए ।

नगरपालिकाले तत्कालै लुम्बिनी प्रदेश सरकार र संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा खोपको पहल गरि लगाउनै पर्ने ७० जनालाई खोप लगाउन सफल भएको प्रमुख कार्कीको भनाई छ । उनले ठूलो सङ्क्रमक रोगबाट जोगिन सफल भएको बताउँदै चाडपर्वसँगै अन्य समयमा पनि मासुजन्य खाद्यन्न खाँदा स्वास्थ्यवद्र्धक खान आग्रह गरे ।

नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार असोज ११ गते विहीवार स्मृतिटोलमा नगरको स्वास्थ्य शाखा सहितकोे टोली पुगेर खोप लगाइएको हो । उनले कूल १ सय ४० जना मध्ये मासु काटेका र नपाकेको मासु छोएका ७० जनालाई पहिलो खोप दिइएको बताए । रेबिज विरुद्धको खोप तीन पटकसम्म लगाउनुपर्दछ ।

मासु ल्याएर बिक्री गर्ने हरि सुनार ९नाम परिवर्तन० ले भने भैंसी ल्याईं काटेर बिक्री गरेको स्वीकार गरेका छन् । उनले भने(‘बिरामी भैंसी थाहा थियो, तर कुकुरले टोकेको भन्ने थाहा थिएन, मेरो गल्ती भयो, कार्बाही गरे स्वीकार गर्न तयार छु ।’ चाडपर्वको समयमा स्थानीय स्तरमा भैंसीको मासु सस्तोमा पाइएपछि आफूहरुले किनेर खाएको स्थानीयको भनाई छ ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६