पर्यटन

जगदिशपुर तालको अवलोकनमा काठमाण्डौ महानगरपालिको टोली ।



 कपिलवस्तु14    कार्तिक  । विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदिशपुर तालको काठमाण्डौ महानगरपालिको टोलीले अवलोकन गरेका छ । अवलोकन टोलीले तिलौराकोट ,कुदान ,गोटिहवा हुदै शनिबार बिहान जगदिशपुर तालको अवलोकन गरेको हो

काठमाण्डौ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यको नेतृत्वमा आएको अवलोकन टोलिमा उपप्रमुख हरिप्रभा खड्की ,पूर्बमन्त्री कृष्ण गोपाल श्रेष्ठ , प्रदेशका पूर्बमन्त्री अजयक्रान्ति  शाक्य , प्रमुख प्रशासकिय अधिकृत , वडा अध्यक्षहरु , कार्यपालिका सदस्य लगाएत अन्य रहनुभएको छ । लुम्बिनी बाहिरका ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्ने उद्देश्यका साथ यहा आएको काठमाण्डौ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले बताउनुभयो ।

लुम्बिनी वरिपरि रहेका धेरै पर्यटकीय सम्पदाहरु रहेको सुनेको बताउदै पहिलो पटक जिल्लाका पर्यटकीय स्थलमा आएको उहाको भनाई छ । स्थानिय सरकारले लगानी गरेर तालको सरंक्षण संगै प्रबद्र्धन गर्नका लागि अन्तराष्ट्रिय स्तरमा चिनाउन आवश्यक रहेको बताउनुभयो ।                        लुम्बिनी आएका पर्यटकलाई कपिलवस्तु जिल्लामा तान्न सकियो भने यहाको आर्थिक समृद्धिमा परिवर्तन ल्याउन सक्ने बताउनुभयो । यसतर्फ काठमाण्डौ महानगरपालिको ध्यान गएको भन्दै यस्ता ऐतिहासिक ठाउहरुको संरक्षणको जिल्लमा पालिकालाई जिम्मा दिनुपर्ने उहाको भनाई छ।

धेरै सम्भावना बोकेको ताल भएनी प्रर्याप्त बिकास हुन नसकेको बताउदै पर्यटकलाई बस्ने रमाउने ठाउहरुको बिकास गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो । तालको बारेमा कपिलवस्तु नगरपालिका वडा न. ९ का वडा अध्यक्ष शिव वाग्ले ,१० का वडा अध्यक्ष मोहनलाल शर्मा ,वडा न.१ का वडा अध्यक्ष सुदिप पौडेलले बिस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।  

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६