अन्तर्राष्ट्रिय

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजदेखि सुरु हुँदै ।



काठमाण्डौ, १४ कार्तिक । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजदेखि स्कटल्यान्डको ग्लास्गोमा सुरु हुँदैछ ।संयुक्त राष्ट्र सङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष देशहरुको २६ औँ सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकारी प्रतिनिधि, विषय विज्ञ सहभागी हुँदैछन् । सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुनेछ ।

यसअघि सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलनले तय गरेका लक्ष्यहरु, प्राप्त उपलब्धिको समीक्षा र यो सम्मेलनले केही विषयवस्तु परिमार्जन गर्ने तयारी छ । पेरिस सम्झौतामा विश्वव्यापी तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखिएको थियो ।

कोप–२६ लाई जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यससम्बन्धी कार्यको ठोस निर्णय गर्ने महत्त्वपूर्ण सम्मेलनका रुपमा हेरिएको छ । इटलीसँगको सहकार्यमा बेलायतको आयोजनामा आजदेखि सुरु हुन लागेको सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६