प्रदेश

ढोरपाटन जोड्ने सडक विस्तारमा विवाद, निर्माणका काम अलपत्र ।



अर्घाखाँची, १४ कार्तिक  । कपिलवस्तुबाट अर्घाखाँची हुँदै बाग्लुङको ढोरपाटन जोड्ने सडकमा विवाद उत्पन्न हुँदा निर्माणको काम अलपत्र परेको छ । सन्धिखर्कस्थित चुत्राबेशी बजारमा बाटो अघि बढाउने निकास नदिएका कारण राष्ट्रिय योजनामा परेको उक्त सडक निर्माण अवरुद्ध बनेको हो। १२ वर्षअघिदेखि निर्माण सुरु गरिएको सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाले सन्धिखर्कमा विवाद हुँदा अपेक्षित रुपमा गति लिन सकिरहेको छैन ।

५ सय मिटर क्षेत्रफलमा रहेका घरघडेरी मासिने भन्दै स्थानीयले चर्को विरोध जनाएपछि काम अगाडि बढाउन दिएका थिएनन् । अहिले घरघडेरी वालालाइ नै बाटोको निकास नहुँदा थप चिन्ता बढ्दै गएको छ । न त घर बनाउन सकेका छन् न त घडेरी बेच्न नै सकेका छन् । रोजगारीको लागि भारत लगायतका क्षेत्रमा काम गरि घडेरी जोडेर बास बस्नको लागि टिनको छानो राखियो ।

यहि पनि कति बेला जान्छ भनेर चिन्ता मात्र लाग्ने गरेको सन्धिखर्क नगरपालिका वडा नम्बर २ कि लालसरा पौडे्लको भनाइ छ । चुत्रावेशी बजारमा ट्रयाक खोल्न सरकारी पक्ष र स्थानीयबीच पटकपटक भएका छलफल र बैठक बिना निष्कर्ष टुंगिएको छ । यता पछिल्लो केहि वर्ष यता छलफलहरु कम मात्रामा भएका छन । अहिले पीडितहरुले उचित क्षतिपुर्तिको व्यवस्था मिलाएर काम सुरु गर्दा राम्रो हुने र छिटोभन्दा छिटो यसको समधान भएमा स्थानीय खुशी हुने माग गर्दैै आएको ढोरपाटन सडक संघर्ष समितिका पूर्व अध्यक्ष रामहरी भुसालको भनाइ छ ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६