प्रदेश

प्रेस चौतारीको प्रदेश कमिटीले पायो पूर्णता ,१२ जिल्लामा फोकल पर्सन तोकिए



बुटवल १५ कार्तिक । बुटवल १५ कार्तिक । प्रेस चौतारी नेपालको लुम्बिनी प्रदेशका १२ वटै जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र हुने भएको छ । अधिवेशन सम्पन्न गर्नका लागि चौतारीले जिल्लाहरुमा फोकल पर्सन तोकेको छ ।


प्रेस चौतारीको लुम्बिनी प्रदेश कमिटी बैठकले अधिवेशन सम्पन्न गर्न नवलपरासीका लागि यम राना र केशव पराजुली, रुपन्देहीमा प्रदीप आचार्य, कपिलवस्तु पार्वती पाण्डे, पाल्पामा कमलराज तिमिल्सिना, गुल्मीमा युवराज पाण्डे, अर्घाखांचीमा गणेश खनाल, प्युठानमा गिरु भण्डारी, दाङमा टिका बस्नेत, रोल्पा र रुकुममा शोभाखर पन्थी, बांकेमा भेषराज बस्नेत र बर्दियाका लागि रुद्र सुवेदीलाई फोकल पर्सन तोकेको हो ।

 बैठकले लुम्बिनी प्रदेशमा ९९ सदस्यीय कमिटी रहने गरी पूर्णता दिएको छ । यसअघि केन्द्रिय सचिवालयले प्रदेश कमिटीमा संयोजक र सहसंयोजक सहित सदस्यहरुको मात्र ब्यवस्था गरेकामा नयाँ ब्यवस्था अन्तर्गत पदाधिकारीको जिम्मेवारी बाँडफाड गरिएको हो । प्रेस चौतारी प्रदेश कमिटीको अध्यक्ष शोभाखर पन्थी (अर्घाखांची), उपाध्यक्ष प्रदीप आचार्य(रुपन्देही),महिला उपाध्यक्ष पार्वती पाण्डे(कपिलवस्तु), महासचिब भेषराज बस्नेत (बाके),सचिव अमृत गिरी(रुपन्देही),सचिव बेणीमाधब ज्ञवाली(नवलपरासी)र कोषाध्यक्ष एल.बी थापा (प्युठान)लाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६