अर्थ-वाणिज्य

४९ सांसदको हस्ताक्षर सहित राइको मुख्यमन्त्रीमा दावि पेश



मोरङ, १५ कात्तिक । प्रदेश–१ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् । विपक्षी गठबन्धनका तर्फबाट राईले आज (सोमबार) नै दाबी पेश गरेका हुन् ।यसअघि प्रदेश प्रमुख सोमनाथ अधिकारीले भोलि (मंगलबार) दिउँसो १ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरिएको हो । दाबीमा विपक्षी गठबन्धनका ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर छ ।नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत भए पुग्छ ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६