प्रदेश

प्रशासनिक दक्षताका लागि बाणगंगामा प्रस्तावना, प्रतिवेदन लेखन तथा उद्घोषण तालिम ।



बाणगंगा , १६ कार्तिक । बाणगंगा नगरपालिकाले प्रस्तावना, प्रतिवेदन लेखन तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । आईतबार देखि ३ दिन सम्म सञ्चालन भएको तालिममा नगरका शाखा प्रमुख तथा वडा सचिवहरुलाई प्रस्तावना, प्रतिवेदन लेखन तथा उद्घोषणको महत्वपुर्ण विषयमा सहजिकरण गरिएको थियो ।

तालिमको पहिलो दिन (आईतबार) प्रस्तावना प्रतिवेदन लेखनसम्बन्धी जानकारी पोमनारायण पौडेलले गर्नु भएको हो । त्यस्तै तालिमको दोस्रो र तेस्रो दिन कान्तिपुर टेलिभिजन रुपन्देही सवांदाता अमृता आनमोलको प्रशिक्षणमा भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका कर्मचारीहरुको मागअनुसार उक्त तालिमको आयोजना गरिएको हो ।

तिन दिने तालिममा नगरपालिका तथा वडाबाट सहभागि शाखा प्रमुख तथा वडा सचिवहरुले उलेख्य रुपमा दक्षता हासिलगर्न सफल भएको बताएका छन् । यस्तै सहभागिहरुले आफुहरुको माग अनुसार नगरले तालिम आयोजना गरेको भन्दै खुशी व्यक्त गरेका छन् । उनीहरुले तालिममा धेरै उपयोगी कुराहरु सिक्ने अवसर पाएको तथा आफ्नो दैनिक जीवनमा अत्यन्तै उपयोगी सावित हुने बताएका छन् ।

आज (मंगलवार) तालिमको समापनलाई सम्बोधन गर्दौ मेयर मंगल प्रसाद थारुले नगरका विभिन्न शाखाका कर्मचारी तथा वडा सचिवहरुको प्रस्तावना, प्रतिवेदन तथा कार्यक्रम सञ्चालन गर्ने शैलि अवश्य परिर्वतन हुने विश्वास रहेको बातउनु भयो ।

यस्तै नगर उपप्रमुख चक्रपाणी अर्यालले विभिन्न प्रशासनिक कार्यमा दक्षता दिलाउन तथा कर्मचारीको बोल्ने शैलीमा आत्मविश्वास तथा प्रभावता ल्याउन यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । तालिममा विभिन्न शाखाका शाखा प्रमुख, वडा सचिव तथा सरोकारवालाहरु गरि ४२ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६