प्रदेश

ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते ।



काठमाण्डौ, २० कार्तिक ।  ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गएराती म्ह पूजा गरिरहेका बेला दियोबाट आगो सुरु भएको र ग्यास सिलिन्डर पड्केपछि चार जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ । 

लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी हुँदा घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उहाँकी ३५ वर्षीय छोरी अञ्जना ताम्राकार, ३५ वर्षकी बुहारी रचना ताम्राकार र १० वर्षका नाति निर्जल ताम्राकारको ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो । छोरा ४२ वर्षका नीरज ताम्राकार र ३२ वर्षकी छोरी सिर्जना ताम्राकार घाइते भएका छन् । उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २० कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६