अर्थ-वाणिज्य

कपिलवस्तु क्षेत्र नं १ वाट छानिए सर्बसहमत महाधिबेशन प्रतिनिधी : दलितवाट २ जना चयन



कपिलवस्तु २६ कार्तिक । नेकपा  एमालेको कपिलबस्तु  क्षेत्र नं. १ मा सर्वसम्मत रुपमा ८ जना महाधिवेशन  प्रतिनिधी छनौट भएका छन् । जस अनुसार जिल्ला अध्यक्ष झविलाल पोख्रेल, सांसद विष्णु पन्थी, प्रदेश नेता डम्मर शर्मा, उपसचिव विश्राम चौधरी, जिल्ला नेता घरभरन यादव, र विश्व कार्की सर्वसम्मत रुपमा चयन हुनुभएको हो । 

यसै गरी महिला तर्फ प्रभा पौडेल र शान्ता पाण्डे छनौट हुनु भएको छ । ४ महिला र २२ पुरुष गरि २६ जनाले उम्मेदवारी दिएकोमा सर्वसहमतीका लागि ८ जनावाहेक अरु सबैले उम्मेदवारी फिर्ता गरेको निर्वाचन समिती संयोगक ताराजन घिमिरेले जानकारी दिनुभयो । नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुदै छ ।


यता दलित तर्फवाट कपिलवस्तुमा २ जना चयन हुनु भएको छ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा कपिलवस्तु जिल्लामा दलित निर्वाचन क्षेत्रवाट शान्तिदेवी हरिजन र  सि बी गहतराज  सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो । 

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६