कपिलवस्तु २६ कार्तिक ।बालबिवाह न्यूनिकरण अभियानमा भन्दा पनि बालबिवाहको अन्त्यको अभियानमा योजनाबद्ध ढंगले सबै लाग्नुपर्नेमा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले जोड दिनुभएको छ । किशोरकिशोरीहरुको समग्र विकासका लागी रुपान्तरण कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । राष्ट्रिय सभा सदस्य घिमिरेले सामाजिक क्षेत्रमा हुने हरेक घटनाका बिषयमा आवाज बुलन्द पार्नुपर्ने बताउदै रुपान्तरणको अभियान स्वयम आफूबाट सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले राजनितिक ,सामाजिक ,सांस्कृतिक र आर्थिक हिसाबले सशक्त हुदै जान सबैलाई सुझाब दिनुभयो ।
यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै युनिसेफ फिल्ड कार्यालय भैरहवाका प्रमुख ऋद्धि शर्माले आफ्नो लागि आफै शशक्त भई रुपान्तरणको अभियानमा जोडिनुपर्ने स्पष्ट पार्नुभयो । तालिम समापन समारोहमा बोल्दै सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले तालिममा किशोरकिशोहरुलाई प्रक्षिकको भूमिका स्वारुप आआफ्नो बिद्यालयमा गएर बिद्यालयका अरु बिद्यार्थीहरुलाई बालबिबाह न्यूनिकरणका कसरी गर्ने , बालबालिकालाई हिंसाबाट कसरी सुरक्षित राख्ने र अध्ययनशिल जिज्ञासु कसरी बनाउने , जीवन उपयोगी सिपका बिषयमा छलफल चलाउने बताउनुभयो ।
कपिलवस्तुका ३ पालिका कृष्णनगर नगरपालिका ,शिवराज नगरपालिका र शुद्धोधन गाउपालिकामा सञ्चालन भईरहेको बिद्यालयमा आधारित रुपान्तरण कार्यक्रम तालिमका लागि छनौट भई ३० जनाले दोस्रो चरणको तालिम लिएका थिए ।
यस्तै कार्यक्रममा बोल्दै युनिसेफ नेपालका माधब बरालले बाल अधिकार , सुनिश्चितता सहितको समाज निर्माणमा किशोर किशोरीलाई सत् मार्गमा अभिप्रेरित गर्न रुपान्तरण कक्षा फलदायी हुने विचार राख्नुभयो । १० दिने प्रशिक्षक प्रशिक्षण तालिम २ चरणमा गरि सम्पन्न भएको छ । पहिलो चरणको तालिम श्रावण २२ गते देखी २८ गतेसम्म सञ्चालन भएको थियो । भने दोस्रो चरणको तालिम यहि कार्तिक २३ गतेदेखी २५ गतेसम्म बुटवलमा सञ्चालन भएको थियो । प्रशिक्षक किशोरकिशोरीले २२ सय २३ जना किशोरकिशोरीहरुलाई कक्षामा सामेल गराई रुपान्तरण अभियानमा जोड्ने छन । युनिसेफ नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा रुपान्तण कार्यक्रम सञ्चालन भईरहेको छ । तालिम समापन कार्यक्रम सिद्धार्थ सामाजिक बिकास केन्द्रका निवर्तमान अध्यक्ष तेजप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।








प्रतिक्रिया